Monday, November 16, 2020

हल्ट प्राइज पोखरा विश्वविद्यालय ग्लोबल बिलबोर्ड मा

पोखरा विश्वविद्यालय हल्ट प्राइज अन क्याम्पस को आफ्नो तयारि को अन्तिम चरण मा रहेको छ । विश्व को सबै भन्दा ठुलो  सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज लाइ सभ्य र भब्य बनाउने तरखरमा रहेको पोखरा विश्वविद्यालय आफ्नो अन्तिम चरण का कार्यहरु गर्न मा व्यस्त रहेको छ |

नॉवेम्बेर ९ मध्यरात १२ बजे सम्म टिम दर्ता गर्ने अन्तिम समय रहेको मा हल्ट प्राइज नेपाल को इतिहासमै पहिलोपटक हल्ट प्राइज पोखरा विश्वविद्यालय २४०  + टिम दर्ता गराएर ग्लोबल बिलबोर्ड मा पर्न सफल भएको छ। नेपाल भरिमा सबै भन्दा ठुलो आयोजक समिति सदस्यहरु रहेको हल्ट प्राइज पोखरा विश्वविद्यालय ग्लोबल बिलबोर्डमा पर्नु हल्ट प्राइज नेपाल परिवारको लागि अविस्मरणिय पल रहेको छ।

२१-२४ नॉवेम्बेरमा आफ्नो प्रि-इभेन्ट गर्ने तयारीका साथ् सम्पूर्ण दर्ता भएका प्रतियोगी टिम हरु लाइ जानकारीमुलक कार्यक्रमहरु र प्रशिक्षणहरु दिरहेको छ | व्यापार क्यानभास मोडेल, यस वर्ष को हल्ट प्राइजको चुनौती र संयुक्त राष्ट्र संघ को दिगो विकास लक्ष्यहरुमा प्रतियोगीहरुलाई आफ्नो विचार तिखार्न र निखार्न अभिमुखीकरण कार्यक्रमहरु हल्ट प्राइज पोखरा विश्वविद्यालयले गरिरहेको छ।

डिसेम्बर ४ मा आफ्नो मुख्य फाइनल कार्यक्रम गर्ने उद्देश्यका साथ् प्रतियोगीहरुलाई सल्लाह, सुझाव र विचार विश्लेषण मा सहयोग गरिरहेको छ | फाइनल मा प्रि-इभेन्ट बाट छानिएको ९ वटा टिम र वाइल्डकार्ड बाट आएको १ वटा टिम गरि १० वटा टिम हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलन(Regional Summit)मा चयन हुन् प्रतिस्पर्धा गर्ने छन् र एउटा टिम हल्ट प्राइज पोखरा विश्वविद्यालय बाट हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलन को लागि छनोट हुने छ।

यस वर्ष हुन गैरहेको कार्यक्रम  क्याम्पस निर्देशक आशिष लामिछाने को  नेतृत्वमा हुनेछ भने विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि  भनेर चिनिने हल्ट प्राइजको अन्तिम तयारि मा सम्पूर्ण आयोजक , प्रतिस्पर्धीहरु दत्तचित्त भएर लागेको कुरा हल्ट प्राइज पोखरा विश्वविद्यालयका क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी दिए।

Wednesday, October 21, 2020

हल्ट प्राइज पोखरा विश्वविद्यालयको उद्ध्यम्सिलता केन्द्रित कार्यक्रम सम्पन्न !!

अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज आयोजना विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि  भनेर चिनिन्छ। अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ। बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । 

पोखरा विश्वविद्यालय अन् क्याम्पस मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ | सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको हल्ट प्राइज पोखरा विश्वविद्यालय ले “Future Entrepreneurship Quest : Shape the Nation ” भन्ने शिर्षकमा कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्प्पन्न गरेको छ| २६ सेप्टेम्बर देखि १४ अक्टोबर सम्म ८ जना विश्व स्तरीय स्पीकर हरु बाट भर्चुअल माध्यममा सहभागीहरुले फरक फरक विषयवस्तुमा जानकारीमुलक ज्ञान हासिल गरेका थिए। कार्यक्रम २ दिन को अन्तरालमा ७ दिन सम्म चलेको थियो । कार्यक्रम मा प्रशिक्षण इ.सुदिप अर्याल , अमिन ताहा , राजिया शेख , बेरे रोद्रिगेज ,दर्शन संखाला ,ब्रायन विद्जजा , म्यारी पससा र अभिषेक अम्बस्त ले दिनुभएको थियो। कार्यक्रम लाइ  Institute of Himalayan Risk Reduction, Nepal Innovation Technology & Entrepreneurship Center, Chiya’s Café , Radio Annapurna  र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।

हल्ट प्राइज पोखरा बिस्वबिद्यालय को मुख्य कार्यक्रम को दर्ता खुलिसकेको छ र दर्ता गर्ने अन्तिम समय नॉवेम्बेर  ५ सम्म रहेको छ ।

पोखरा बिस्वबिद्यालय केन्द्रीय क्याम्पस नेपाल भरिकै सबै भन्दा धेरै कार्येक्रम संचालक सदस्य रहेको अन क्याम्पस हो । पोखरा बिस्वबिद्यालय मा आवद्ध सम्पूर्ण विद्यार्थी हरुलाई हल्ट प्राइज को बारेमा जानकारी गराउन र यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ थुप्रै अभिमुखिककरण कार्यक्रम भैरहेको  हल्ट प्राइज पोखरा बिस्वबिद्यालय का क्याम्पस उपनिर्देशक् प्रशान्त भुसाल ले जानकारी दिनुभयो ।

Tuesday, October 6, 2020

हल्ट प्राइज अन् क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” मा प्रभाव प्रशिक्षण कार्यक्रम सम्पन्न !

हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ। पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेज मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ।

सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको तिन वटा अन् क्याम्पस को संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम सम्प्पन्न  भएको छ। तीन हप्ता को लागि प्रत्येक आइतबार इच्छुक प्रशिक्षर्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडिनु भएको थियो। कार्यक्रम  २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरि तीन दिन सम्म भएको थियो।            माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८ असिम तारा पाठकले कार्यक्रम मा प्रशिक्षण दिनु भएको  थियो भने कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौं नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।कार्यक्रम भव्य र सव्य भएको कुरा हल्ट प्राइज २०२०/२१ पोखरा विस्वबिद्यालय, Cist कलेज का क्याम्पस उपनिर्देशक दीपा घिमिरे  ले जानकारी गराउनु भयो।

Saturday, September 19, 2020

हल्ट प्राइज अन् क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” मा प्रभाव प्रशिक्षण हुने!

हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व  परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न  मद्दत गर्दछ।

पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist  कलेज मा  हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ। सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको  तिन वटा अन् क्याम्पस को संयुक्त आयोजनामा  माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम हुने भएको  छ | अब आउने तिन हप्ता को लागि प्रत्येक आइतबार ३०० भन्दा बढी प्रशिक्षणार्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडीनुहुनेछ| कार्येक्रम २० र २६ सेप्टेम्बर  र ४ अक्टोबर गरि तिन दिन को हुनेछ | कार्यक्रम मा  प्रशिक्षण माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८  असिम तारा पाठक ले दिनुहुनेछ | कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब  काठमाडौं नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको छ।

कार्यक्रमको तयारि सकिसकेको र भव्य र सव्य हुने कुरा हल्ट प्राइज २०२०/२१ पोखरा विस्वबिद्यालयका  क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल  ले जानकारी गराउनु भयो।

Saturday, August 22, 2020

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२०/२१ को तयारी सुरु !

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२०/२१  आयोजना गर्ने तयारी गरेको छ। अमेरिकी १ मिलियन डलरको global startup पुरस्कार रहेको हल्ट प्राइज २०२०/२१  ले भर्खरै मात्रै यसबर्षको चुनौती प्रस्तुत गरेको छ।

 दिगो विकास लक्ष्यहरू को १७  वटा शीर्षक मध्येको सातवटा शीर्षकमा रहेर प्रतिस्पर्धीहरूले “food for good”, (transforming food into vehicle for change) भन्ने शीर्षकमा आफ्नो कुराहरु प्रस्तुत गर्नेछन्।  विश्वभरका १२२  वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरु का विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल  र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गर्दछन्।

आशिष  लामिछानेको नेतृत्वदायी भूमिकामा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने हल्ट प्राइज पोखरा विश्वविद्यालय on campus programme को तयारी द्रुतगतिमा भइरहेको छ । पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन्।

 २०१७ देखि पोखरा विश्वविद्यालयमा आयोजना हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ सम्पूर्ण आयोजक कमिटी लागिपरेका छन्। सबै सम्बन्धन प्राप्त कलेज हरुलाई समेट्ने उदेश्य का साथ् कार्येक्रम हरु अगाडी बढेको छ।

Tuesday, August 18, 2020

पोखरा विश्व बिध्यालय केन्द्रिय क्याम्पसले अन्तरास्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राईज आयोजना गर्ने !

पोखरा  विश्वविद्यालय पीयू केन्द्रीय क्याम्पस ले  अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०/२१  आयोजना  गर्ने तयारी गरेको  छ ।  यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि  भनेर चिनिन्छ। 

अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । 


यस वर्ष हुन गैरहेको कार्यक्रम  क्याम्पस निर्देशक आशिष लामिछाने को  नेतृत्वमा हुनेछ । साथै उनको नेतृत्वमा सदस्य हरु कार्येक्रम लाइ भव्यताकासाथ् सम्पन्न गर्न लागि परिसकेका  छन्  । 

आफ्ना मुख्य सदस्यहरूलाई सम्बोधन गर्दै लामिछाने  भन्छन्, ”विश्वव्यापी महामारीको बावजुद पनि मेरो टीम सधै आफु भन्दा  तलकालाई भर्‍याङ दिन र सबैका निम्ति मैदान बनाउन लागि परेका छन् । हामीले त्यस्तो नेतृत्वकर्ता लाई चुन्नुपर्छ, जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस भन्दै हौसला प्रदान गरेका थिए ।

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा  हुने यस कार्यक्रममा पोविवि का सम्पूर्ण आङ्गिक तथा सम्बधनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्दै अगाडी बढ्ने कुरा क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी दिएका छन् ।

पोखरा  विश्वविद्यालयले २०१७ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। हल्ट प्राइज एक खुला प्लेटफर्म हो जसले  नेटवर्क र ब्यापारलार्ई अगाडि बढाउन आइडिया दिन्छ। मंगसिर १२ मा फाइनल प्रतियोगिता गर्ने हिसाबले  उक्त कार्यक्रमको तयारी सुरु भएको छ ।

Saturday, May 23, 2020

कोरोना एक महामारी; ग्रसित नेपाल !

पोखरा, जेठ १०! चिनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरसले यतिबेला बिश्वभर नै महामारीको रुप लिएको छ। यसबाट थुप्रैले ज्यान गुमाइसकेका छन भने बिश्वका अधिकांश मुलुकमा संक्रमितको संख्या पनि उल्लेख्य छ।

बिश्व स्वास्थ संगठन(WHO) का अनुसार यसको उपचारका निमित्त एकान्तवास र एकाअर्काको भेटघाट बन्दको स्वरुप लकडाउन अर्थात बन्दाबन्दि उत्तम बिकल्पको रुपमा लिइएको छ।
कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको सुरुवात अन्य देशमा रहदै गर्दा नेपालले पनि चैत्र ११ गतेदेखि लगातार रुपमा चरणवद्द बन्दाबन्दी गरिरहेको छ भने यस्को प्रभावकारी उपयोग पनि जनताले गरिरहेका छन!!बिश्वनै अस्तव्यस्त र प्रभावित बनिरहेका बेला भुपरिबेष्ठित राष्ट्रका रुपमा स्थापित नेपाल पनि यस्को प्रभावका कारण ग्रसित बनेको छ। न्यून आय भएका परिवारहरु रहेको र मध्यम बिकसित राष्ट्र नेपालको मुख्य अर्थतन्त्रको यतिबेला नाजुक स्थिति छ। रेमिटेन्स र जनताको करबाट संचालित राष्ट्र यतिबेला बिदेशमा रहेका युवा जनशक्तिको रोजगारी प्रभावित बनेसंगै अर्थतन्त्र ग्रसित बनेको हो। यस्तो विषम परिस्थितिमा कृषिमा निर्भर जनताले बन्दाबन्दीका कारण सहज रुपमा आवस्यक कृषिजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउदा उत्पादनमा पनि कमि आएको छ। बन्दाबन्दी गरिदै गर्दा उचित रुपमा यस्को कार्यान्वयन गर्न नसकाउनुले देश हरेक कुराले पछाडी पर्नेको आंकलन पनि यतिबेला गरिएको छ। बिदेशमा रहेका नेपाली फिर्ता आएपछी देशमा करिब-करिब ४० देखि ५० लाख सम्म दक्ष जनशक्ति बेरोजगारको चपेटामा पर्नेछन र यस्को प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ। यो परिस्थितिले नेपाल जस्ता मध्यम बिकसित राष्ट्रलाई आफैमा निर्भर बन्ने एउटा बलियो अवसर रहेको मुल्यांकन गरिरहदा यहाँभित्रका हरेक उत्पादन संग सम्बन्धित निकायलाई उत्पादन गर्ने सहज परिस्थिति निर्माणका निम्ति सरकारले यथाशीघ्र "एक घर,एक परिक्षण निति"को संचालन गरेर जनतामा रहेको त्रासलाई अन्त्य गर्नुको बिकल्प छैन भने सधैंजसो बिवादित बनिरहेको खुल्ला सिमानालाई पनि यो बेलामा सदाका लागि बन्द गर्नुको बिकल्प छैन।
आर्थिक बाहेकका सामाजिक,धार्मिक,शैक्षिक तथा अन्य हरेक क्षेत्रलाई ग्रसित बनाइरहेको यो परिस्थितिलाई सम्पुर्ण राष्ट्र एकजुट भएर अगाडि बढने बाताबरण सरकारले निर्माण गरेर देशलाई परनिर्भरताको बाटोबाट आत्मनिर्भरताको बाटोमा अगाडि बढाउने अवसरको सहि सदुपयोग गरियोस। शुभकामना!
      (लेखक नवराज सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन।)

Thursday, May 21, 2020

गुगलले राख्यो नेपालको नयाँ नक्सा र नयाँ क्षेत्रफल!

जेठ ९, पोखरा ! गुगलले नेपालको नयाँ  क्षेत्रफल र नयाँ नक्शा देखाएको छ ।

नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल र नक्शा देखाएकोे हो ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफलसहितको नक्शा देखाउँछ ।

नेपालले गत बुधबार (वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

Wednesday, May 20, 2020

के साच्चिकै पोखरामा कोरोना फैलियकै हो त?

पोखरा, ८ जेठ – केहीसमय अघिसम्म पोखरा महानगरपालिकाले महानगर ‘कोरोनामुक्त’ रहेको दाबी ग¥यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो ।


महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले पनि महानगरको वरिपरी महामारी आइसके पनि महानगरमा भने विपत्त नआई सकेको बताएकी थिइन् । तर, बुधबार एक्कासी महानगरका ४ कर्मचारीमा आरडिटी टेस्ट गर्दा कोरोना पोजेटिभ भेटिएको खबरले तरगिंत बनायो । आरडिटी टेस्ट उतिसारो भरपर्दो नभएकोहुँदा पिसिआर रिपोर्ट नेगेटिभ आउने सोचेर महानगरवासिलाई केही राहत त मिल्यो । यद्यपि, एक जनाको रिपोर्ट पिसिआर विधिबाट पुन ः परिक्षण गर्दा पनि पोजेटिभ नै आइदियो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो परिक्षणमा विश्वास नलागेर उनको स्वाब पुन ः परिक्षण गर्दैछ । जसको रिपोर्ट बिहीबार मात्रै आउँछ । मंगलबार स्वास्थ्य र सरसफाईका ५१ कर्मचारीलाई आरडिटी टेस्ट गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएपछि ससंकित बनेको महानगरलाई बुधबार पिसिआर विधिबाट परिक्षण गर्दा पनि रिपोर्ट शंकास्पद निस्किएपछि थप त्रास थपेको छ । 

केही समयअघि स्वास्थ्य निर्देशनालयले आरडिटी विधिभन्दा पिसिआरमै बढी भरपर्ने र आरडिटी टेस्ट बन्द गर्ने समेत बताएको थियो । तर, महानगरका कर्मचारीको आरडिटीबाट टेस्ट गरियो ।

कोरोना महामारिको असर विद्यार्थी बर्गमा; सरकार र विद्यार्थी संगठन अनविज्ञ बन्दै मौनतामा बस्दै !


     जेठ ८, पोखरा!, चिनको वुहान शहरबाट डिसेम्बर ३० २०१९ मा सामुन्द्रीक खानाको कारण एक बृद्द महिलामा देखिएको सामान्य भाइरसका कारण अहिले बिश्वलाई तहसनहस र चकित पारिरहेको अवस्थाको सिर्जना भएको छ। यस्तो भाइरस जस्को उपचार एकान्तवास र तातोपन मात्र रहेको  दावी बिश्वभरका चिकित्सकले गरिरहेका छन भने अहिलेसम्म कुनैपनि औषधिको पहिचान नभएको अवस्था छ।


कोरोना भाइरस अर्थात कोभिड १९(Cov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको छ भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका छन।
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिरहेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन। 

शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) तथा अन्य विभिन्न तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन। देशका अधिकांश विद्यार्थी देशका मुख्य शहरहरुमा कोठा भाडामा लिएर आफ्नो उच्च शिक्षालाई अगाडि बढाइरहेको अवगत सायद हरेकलाई होला यस्तो महामारीको बेला सरकारले गरेको बन्दाबन्दीका कारण घरको आर्थिक अवस्था अत्यन्तै कमजोर र आम्दानीका स्रोतहरु घट्दै गइरहेको बेला देशका मुख्य शहरमा चर्को घरभाडा तिरेर बसेका हरेक विद्यार्थीमा ठुलो आर्थिक संकट पैदा भएको छ। 
बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भएका बेला अनलाइन कक्षाका नाममा कतिपय शैक्षिक संस्थाले लुटतन्त्र सुरु गरेको र धेरैभन्दा धेरै विद्यार्थी अनलाइन कक्षाको पहुँचबाट टाढा बनेको अवस्थामा अनलाइन कक्षाको पहुँच र औचित्य बेगरनै अधिकांश शैक्षिक संस्थाले गरेको यो प्रविधिको सुरुवात प्रतीपनि थुप्रै विद्यार्थीको चिन्ता प्रकट भएको छ। बिना योजना र बेगर विश्लेषण चालिएका प्रत्येक कदमले शिक्षा क्षेत्र तथा विद्यार्थी वर्गमा पर्न गएको अन्यौलता र परिवारमा पर्न गएको आर्थिक,मानसिक र सामाजिक दवावले आगामी दिनमा कठिन परिस्थितिको सिर्जना हुने विश्लेषण हरकोहीले गरिरहेका छन।
आफ्नो गतिविधिको मात्रै मुल्यांकन गरेर विद्यार्थीको मनोभावनामा पर्न गएको असरको मुल्यांकन नगरी अगाडि बढनाले भविष्यका कर्णधार माथी पर्न गएको असरको हिसाबकिताब नगर्नुले सरकार नभएको अनुभुत हरेक विद्यार्थी बर्गमा हुनु स्वभाविक हो। 

विद्यार्थी बर्गका निम्ति ठूलो बलिदानी दिएर,विद्यार्थीकै हितमा कार्य गर्न राजनीतिमा होमिएका हौं भन्दै चर्को आवाज गर्दै हिड्नेहरु नै मौन रहनु विद्यार्थी राजनितीको एउटा ठूलो बिड्म्बना हो।

यसै शिलशिलामा अर्थतन्त्रको तहसनहस हुँदै गर्दा सरकारले घरभाडामा घर दिने घरबेटिहरुलाई घरभाडा नलिन अनुरोध गर्दा राहतको अनुभुत गरेका हरेकले अहिले बन्दाबन्दीको अवस्थामा घरबेटीले कोठाभाडा माग्दै गर्दा आफुलाई अन्याय भएको महशुस गरेका छन!अनुरोध मार्फत भन्दापनी नितिगत शैलिमा गाउँबाट मुख्य शहरमा अध्ययन गर्न बसेका हरेक विद्यार्थीको पहिचान गरेर घरभाडामा दिने हरेक घरबेटीलाई नितिगत निर्णय मार्फत केही सहुलियतका आधारमा दुबै घरमा बस्ने र घर मालिक दुबैलाई मर्का नपर्ने गरि बन्दाबन्दीको छुट्टै घरभाडा निर्धारण गर्नु अहिलेको आवश्यकता रहेको विद्यार्थी बर्गको माग छ।

हरेक गतिविधिमा चुक्दै गल्ती सच्याउदै अगाडी बढिरहेको सरकार र विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेताहरुले विद्यार्थी बर्गमा पर्न गएको यो असहज परिस्थितिको छिटोभन्दा छिटो सहज हल खोज्ने प्रयास गरून् । शुभकामना🙏
           (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन।)

नापी विभागद्धारा जारी गरिएको आधिकारिक नेपालको नया नक्सा !

जेठ ७, पोखरा! सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले बुधबार नयाँ राजनितिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेकी हुन् ।

यसघिको छुटेका भूभाग समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले यसलाई ऐतिहासिक क्षणको रुपमा उल्लेख गर्दै नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

Tuesday, May 19, 2020

नेपालमा थप १५ जनामा कोरोना, सन्क्रमितको संख्या ३९० पुग्यो !

पोखरा, जेठ ६, आज (मंगलबार) नेपालमा थप १५ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ३९० पुगेकाे छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएकाे छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।
 नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

Monday, May 18, 2020

कोरोना महामारिका बिचमा ने. बि. संघ जनप्रियको शान्तिपुर्ण बिरोध !


  पोखरा, जेठ ५, नेपाल विद्यार्थी संघ मुल इकाई समिति जनप्रिय बहुमुखी क्याम्पस पोखराले कोरोना महामारिका बिचमा सरकारको गतिविधिप्रती शान्तीपुर्ण बिरोध प्रदर्शन गरेको छ!लिपुलेक,कालापानी,लिम्पुयाधारा लगायतका सिमाको अतिक्रमण तथा कोरोना महामारीका बिचमा सरकारका अस्पष्ट तथा अलोकप्रिय र भष्ट्रचार सहित नितिको बिरोध स्वरुप उक्त कार्यक्रम गरिएको थियो।

सरकारका यस्ता गतिविधिको बिरोध गर्दै स्पष्ट नितिका साथ कोरोना महामारीको सामना गर्न र भारत सरकार संग स्पष्टीकरण माग गर्न अनुरोध गर्दै सभापति नसिव गुरुङले शान्तिपुर्ण बिरोध कार्यक्रम आयोजना गरेको जानकारी दिएका थिए! उपसभापति बिजय घिमिरेले कोरोनाको संन्त्रास बढ्दै जादा स्थानीय तहको मौनताको बिरोध तथा लकडाउनको अवधी थप संगै देखिएको अन्यौलताले जनतामा थप त्रास पैदा गरेको र उक्त त्रासको समाधान खोज्न महानगरलाई अनुरोध गर्दै उक्त त्रासको समाधान गर्न नसकेमा आफ्नो कुर्सिको विकल्प खोज्न समेत चेतावनी दिएका छन।

त्यस्तै ने.बि.संघ जनप्रियका सल्लाहकार एंव स्वतन्त्र विद्यार्थी युनियन जनप्रियका सभापती समेत रहेका आशिक गुरुङले जनप्रियलाई क्वारेन्टाइनका निम्ति सिफारिस गर्दै देशभरका सार्वजनिक तथा सामुदायिक क्याम्पस हरुमा यथाशिघ्र क्वारेन्टाइनको व्यवस्था गर्न माग समेत गरेका छन!!भिडियो कल मार्फत नै बिरोध कार्यक्रममा सहभागी बनेका सचीव सागर अधिकारिले एक घर,एक स्वास्थ्य परिक्षणको नीति संचालन गरेर छिटोभन्दा छिटो कोरोना परिक्षण गर्न र जनताको मनोबललाई उच्च पार्ने गतिविधि संचालनका निम्ति सरकारको ध्यानाकर्षण गराएका थिए।

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा भएको उक्त कार्यक्रममा विद्यार्थी नेताहरु नवराज सुनार,सन्देश कार्की,पुकार पराजुली लगायतका अन्य १० जनाको उपस्थितिमा सामाजिक दुरि कायम गरि कार्यक्रमको संचालन र व्यवस्थापन गरेको जानकारी सहसचिव शंकर पहारीले दिएका थिए।

Sunday, May 17, 2020

सृजनशिल युवा क्लबद्वारा आकस्मिक रक्तदान !

सृजनशिल युबा क्लब द्वारा आक्स्मिक रक्तदान सम्पन्न !

पोखरा,जेठ ५ सोमबार , कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि लकडाउन जारी गरि राखेको छ। यश विषम परिस्थितिमा रगतको अभाव नहोस भन्ने मुल नाराका साथ, सोमबार पोखरा महानगरपालिका वडा न.२७ मा अबस्थित सृजनशिल युबा क्ल्बले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सँगको सहकार्यमा सो कार्यक्रम गरियको थियो।

पोखरा महानगरपालिका वडा न. २७ खोलाडिल मा रहेको सिद्धश्वर मन्दिर को प्राङ्गणमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छ्न ।

रगत दानभन्दा अरु कुनै दान ठुलो  हुन नसक्ने भन्नि सोचले कार्यक्रम गरियको कल्बका अध्यक्ष निरोज लामिछानेले बताय ।यस्तो विषम परिस्थितिमा यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नु पर्ने आवश्यक रहेको क्लबका पुर्ब अध्यक्ष महेश अधिकारीले बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई धन्यवाद दिदै, आउँदा दिनमा पनि सामाजिक कार्य गर्न तत्पर रहेको कल्बका अध्यक्ष निरोज लामिछानेले बताए ।
उक्त कार्यक्रममा कल्बका सल्लाहकार बिश्वराज आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सचिब तिलकशाली सापकोटा , क्लब पुर्ब उपाध्यक्ष संकलप सापकोटा लगाएका ब्यक्ति को उपस्थिती रहेको क्लब उपाध्यक्ष रोशन लामिछानेले बताए ।