Tuesday, October 6, 2020

हल्ट प्राइज अन् क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” मा प्रभाव प्रशिक्षण कार्यक्रम सम्पन्न !

हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ। पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेज मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ।

सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको तिन वटा अन् क्याम्पस को संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम सम्प्पन्न  भएको छ। तीन हप्ता को लागि प्रत्येक आइतबार इच्छुक प्रशिक्षर्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडिनु भएको थियो। कार्यक्रम  २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरि तीन दिन सम्म भएको थियो।            माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८ असिम तारा पाठकले कार्यक्रम मा प्रशिक्षण दिनु भएको  थियो भने कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौं नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।कार्यक्रम भव्य र सव्य भएको कुरा हल्ट प्राइज २०२०/२१ पोखरा विस्वबिद्यालय, Cist कलेज का क्याम्पस उपनिर्देशक दीपा घिमिरे  ले जानकारी गराउनु भयो।

No comments:

Post a Comment