हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ।
पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेज मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ। सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको तिन वटा अन् क्याम्पस को संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम हुने भएको छ | अब आउने तिन हप्ता को लागि प्रत्येक आइतबार ३०० भन्दा बढी प्रशिक्षणार्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडीनुहुनेछ| कार्येक्रम २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरि तिन दिन को हुनेछ | कार्यक्रम मा प्रशिक्षण माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८ असिम तारा पाठक ले दिनुहुनेछ | कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौं नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको छ।
कार्यक्रमको तयारि सकिसकेको र भव्य र सव्य हुने कुरा हल्ट प्राइज २०२०/२१ पोखरा विस्वबिद्यालयका क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी गराउनु भयो।
No comments:
Post a Comment