Saturday, August 22, 2020

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२०/२१ को तयारी सुरु !

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२०/२१  आयोजना गर्ने तयारी गरेको छ। अमेरिकी १ मिलियन डलरको global startup पुरस्कार रहेको हल्ट प्राइज २०२०/२१  ले भर्खरै मात्रै यसबर्षको चुनौती प्रस्तुत गरेको छ।

 दिगो विकास लक्ष्यहरू को १७  वटा शीर्षक मध्येको सातवटा शीर्षकमा रहेर प्रतिस्पर्धीहरूले “food for good”, (transforming food into vehicle for change) भन्ने शीर्षकमा आफ्नो कुराहरु प्रस्तुत गर्नेछन्।  विश्वभरका १२२  वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरु का विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल  र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गर्दछन्।

आशिष  लामिछानेको नेतृत्वदायी भूमिकामा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने हल्ट प्राइज पोखरा विश्वविद्यालय on campus programme को तयारी द्रुतगतिमा भइरहेको छ । पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन्।

 २०१७ देखि पोखरा विश्वविद्यालयमा आयोजना हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ सम्पूर्ण आयोजक कमिटी लागिपरेका छन्। सबै सम्बन्धन प्राप्त कलेज हरुलाई समेट्ने उदेश्य का साथ् कार्येक्रम हरु अगाडी बढेको छ।

No comments:

Post a Comment