पोखरा विश्वविद्यालय पीयू केन्द्रीय क्याम्पस ले अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०/२१ आयोजना गर्ने तयारी गरेको छ । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि भनेर चिनिन्छ।
अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् ।
आफ्ना मुख्य सदस्यहरूलाई सम्बोधन गर्दै लामिछाने भन्छन्, ”विश्वव्यापी महामारीको बावजुद पनि मेरो टीम सधै आफु भन्दा तलकालाई भर्याङ दिन र सबैका निम्ति मैदान बनाउन लागि परेका छन् । हामीले त्यस्तो नेतृत्वकर्ता लाई चुन्नुपर्छ, जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस भन्दै हौसला प्रदान गरेका थिए ।
पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने यस कार्यक्रममा पोविवि का सम्पूर्ण आङ्गिक तथा सम्बधनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्दै अगाडी बढ्ने कुरा क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी दिएका छन् ।
No comments:
Post a Comment