अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज आयोजना विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि भनेर चिनिन्छ। अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ। बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् ।
पोखरा विश्वविद्यालय अन् क्याम्पस मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ | सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको हल्ट प्राइज पोखरा विश्वविद्यालय ले “Future Entrepreneurship Quest : Shape the Nation ” भन्ने शिर्षकमा कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्प्पन्न गरेको छ| २६ सेप्टेम्बर देखि १४ अक्टोबर सम्म ८ जना विश्व स्तरीय स्पीकर हरु बाट भर्चुअल माध्यममा सहभागीहरुले फरक फरक विषयवस्तुमा जानकारीमुलक ज्ञान हासिल गरेका थिए। कार्यक्रम २ दिन को अन्तरालमा ७ दिन सम्म चलेको थियो । कार्यक्रम मा प्रशिक्षण इ.सुदिप अर्याल , अमिन ताहा , राजिया शेख , बेरे रोद्रिगेज ,दर्शन संखाला ,ब्रायन विद्जजा , म्यारी पससा र अभिषेक अम्बस्त ले दिनुभएको थियो। कार्यक्रम लाइ Institute of Himalayan Risk Reduction, Nepal Innovation Technology & Entrepreneurship Center, Chiya’s Café , Radio Annapurna र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।
हल्ट प्राइज पोखरा बिस्वबिद्यालय को मुख्य कार्यक्रम को दर्ता खुलिसकेको छ र दर्ता गर्ने अन्तिम समय नॉवेम्बेर ५ सम्म रहेको छ ।
पोखरा बिस्वबिद्यालय केन्द्रीय क्याम्पस नेपाल भरिकै सबै भन्दा धेरै कार्येक्रम संचालक सदस्य रहेको अन क्याम्पस हो । पोखरा बिस्वबिद्यालय मा आवद्ध सम्पूर्ण विद्यार्थी हरुलाई हल्ट प्राइज को बारेमा जानकारी गराउन र यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ थुप्रै अभिमुखिककरण कार्यक्रम भैरहेको हल्ट प्राइज पोखरा बिस्वबिद्यालय का क्याम्पस उपनिर्देशक् प्रशान्त भुसाल ले जानकारी दिनुभयो ।
No comments:
Post a Comment