पोखरा विश्वविद्यालय हल्ट प्राइज अन क्याम्पस को आफ्नो तयारि को अन्तिम चरण मा रहेको छ । विश्व को सबै भन्दा ठुलो सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज लाइ सभ्य र भब्य बनाउने तरखरमा रहेको पोखरा विश्वविद्यालय आफ्नो अन्तिम चरण का कार्यहरु गर्न मा व्यस्त रहेको छ |
नॉवेम्बेर ९ मध्यरात १२ बजे सम्म टिम दर्ता गर्ने अन्तिम समय रहेको मा हल्ट प्राइज नेपाल को इतिहासमै पहिलोपटक हल्ट प्राइज पोखरा विश्वविद्यालय २४० + टिम दर्ता गराएर ग्लोबल बिलबोर्ड मा पर्न सफल भएको छ। नेपाल भरिमा सबै भन्दा ठुलो आयोजक समिति सदस्यहरु रहेको हल्ट प्राइज पोखरा विश्वविद्यालय ग्लोबल बिलबोर्डमा पर्नु हल्ट प्राइज नेपाल परिवारको लागि अविस्मरणिय पल रहेको छ।
२१-२४ नॉवेम्बेरमा आफ्नो प्रि-इभेन्ट गर्ने तयारीका साथ् सम्पूर्ण दर्ता भएका प्रतियोगी टिम हरु लाइ जानकारीमुलक कार्यक्रमहरु र प्रशिक्षणहरु दिरहेको छ | व्यापार क्यानभास मोडेल, यस वर्ष को हल्ट प्राइजको चुनौती र संयुक्त राष्ट्र संघ को दिगो विकास लक्ष्यहरुमा प्रतियोगीहरुलाई आफ्नो विचार तिखार्न र निखार्न अभिमुखीकरण कार्यक्रमहरु हल्ट प्राइज पोखरा विश्वविद्यालयले गरिरहेको छ।
डिसेम्बर ४ मा आफ्नो मुख्य फाइनल कार्यक्रम गर्ने उद्देश्यका साथ् प्रतियोगीहरुलाई सल्लाह, सुझाव र विचार विश्लेषण मा सहयोग गरिरहेको छ | फाइनल मा प्रि-इभेन्ट बाट छानिएको ९ वटा टिम र वाइल्डकार्ड बाट आएको १ वटा टिम गरि १० वटा टिम हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलन(Regional Summit)मा चयन हुन् प्रतिस्पर्धा गर्ने छन् र एउटा टिम हल्ट प्राइज पोखरा विश्वविद्यालय बाट हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलन को लागि छनोट हुने छ।
यस वर्ष हुन गैरहेको कार्यक्रम क्याम्पस निर्देशक आशिष लामिछाने को नेतृत्वमा हुनेछ भने विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि भनेर चिनिने हल्ट प्राइजको अन्तिम तयारि मा सम्पूर्ण आयोजक , प्रतिस्पर्धीहरु दत्तचित्त भएर लागेको कुरा हल्ट प्राइज पोखरा विश्वविद्यालयका क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी दिए।
No comments:
Post a Comment