Wednesday, May 20, 2020

के साच्चिकै पोखरामा कोरोना फैलियकै हो त?

पोखरा, ८ जेठ – केहीसमय अघिसम्म पोखरा महानगरपालिकाले महानगर ‘कोरोनामुक्त’ रहेको दाबी ग¥यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो ।


महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले पनि महानगरको वरिपरी महामारी आइसके पनि महानगरमा भने विपत्त नआई सकेको बताएकी थिइन् । तर, बुधबार एक्कासी महानगरका ४ कर्मचारीमा आरडिटी टेस्ट गर्दा कोरोना पोजेटिभ भेटिएको खबरले तरगिंत बनायो । आरडिटी टेस्ट उतिसारो भरपर्दो नभएकोहुँदा पिसिआर रिपोर्ट नेगेटिभ आउने सोचेर महानगरवासिलाई केही राहत त मिल्यो । यद्यपि, एक जनाको रिपोर्ट पिसिआर विधिबाट पुन ः परिक्षण गर्दा पनि पोजेटिभ नै आइदियो ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आफ्नो परिक्षणमा विश्वास नलागेर उनको स्वाब पुन ः परिक्षण गर्दैछ । जसको रिपोर्ट बिहीबार मात्रै आउँछ । मंगलबार स्वास्थ्य र सरसफाईका ५१ कर्मचारीलाई आरडिटी टेस्ट गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएपछि ससंकित बनेको महानगरलाई बुधबार पिसिआर विधिबाट परिक्षण गर्दा पनि रिपोर्ट शंकास्पद निस्किएपछि थप त्रास थपेको छ । 

केही समयअघि स्वास्थ्य निर्देशनालयले आरडिटी विधिभन्दा पिसिआरमै बढी भरपर्ने र आरडिटी टेस्ट बन्द गर्ने समेत बताएको थियो । तर, महानगरका कर्मचारीको आरडिटीबाट टेस्ट गरियो ।

No comments:

Post a Comment