सृजनशिल युबा क्लब द्वारा आक्स्मिक रक्तदान सम्पन्न !
पोखरा,जेठ ५ सोमबार , कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गते देखि लकडाउन जारी गरि राखेको छ। यश विषम परिस्थितिमा रगतको अभाव नहोस भन्ने मुल नाराका साथ, सोमबार पोखरा महानगरपालिका वडा न.२७ मा अबस्थित सृजनशिल युबा क्ल्बले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सँगको सहकार्यमा सो कार्यक्रम गरियको थियो।
पोखरा महानगरपालिका वडा न. २७ खोलाडिल मा रहेको सिद्धश्वर मन्दिर को प्राङ्गणमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छ्न ।
रगत दानभन्दा अरु कुनै दान ठुलो हुन नसक्ने भन्नि सोचले कार्यक्रम गरियको कल्बका अध्यक्ष निरोज लामिछानेले बताय ।यस्तो विषम परिस्थितिमा यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नु पर्ने आवश्यक रहेको क्लबका पुर्ब अध्यक्ष महेश अधिकारीले बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई धन्यवाद दिदै, आउँदा दिनमा पनि सामाजिक कार्य गर्न तत्पर रहेको कल्बका अध्यक्ष निरोज लामिछानेले बताए ।
उक्त कार्यक्रममा कल्बका सल्लाहकार बिश्वराज आचार्य, नेपाल रेडक्रस सोसाइटी पोखरा -२७ उपशाखा सचिब तिलकशाली सापकोटा , क्लब पुर्ब उपाध्यक्ष संकलप सापकोटा लगाएका ब्यक्ति को उपस्थिती रहेको क्लब उपाध्यक्ष रोशन लामिछानेले बताए ।
No comments:
Post a Comment