Wednesday, October 21, 2020

हल्ट प्राइज पोखरा विश्वविद्यालयको उद्ध्यम्सिलता केन्द्रित कार्यक्रम सम्पन्न !!

अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज आयोजना विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि  भनेर चिनिन्छ। अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ। बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । 

पोखरा विश्वविद्यालय अन् क्याम्पस मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ | सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको हल्ट प्राइज पोखरा विश्वविद्यालय ले “Future Entrepreneurship Quest : Shape the Nation ” भन्ने शिर्षकमा कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्प्पन्न गरेको छ| २६ सेप्टेम्बर देखि १४ अक्टोबर सम्म ८ जना विश्व स्तरीय स्पीकर हरु बाट भर्चुअल माध्यममा सहभागीहरुले फरक फरक विषयवस्तुमा जानकारीमुलक ज्ञान हासिल गरेका थिए। कार्यक्रम २ दिन को अन्तरालमा ७ दिन सम्म चलेको थियो । कार्यक्रम मा प्रशिक्षण इ.सुदिप अर्याल , अमिन ताहा , राजिया शेख , बेरे रोद्रिगेज ,दर्शन संखाला ,ब्रायन विद्जजा , म्यारी पससा र अभिषेक अम्बस्त ले दिनुभएको थियो। कार्यक्रम लाइ  Institute of Himalayan Risk Reduction, Nepal Innovation Technology & Entrepreneurship Center, Chiya’s Café , Radio Annapurna  र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।

हल्ट प्राइज पोखरा बिस्वबिद्यालय को मुख्य कार्यक्रम को दर्ता खुलिसकेको छ र दर्ता गर्ने अन्तिम समय नॉवेम्बेर  ५ सम्म रहेको छ ।

पोखरा बिस्वबिद्यालय केन्द्रीय क्याम्पस नेपाल भरिकै सबै भन्दा धेरै कार्येक्रम संचालक सदस्य रहेको अन क्याम्पस हो । पोखरा बिस्वबिद्यालय मा आवद्ध सम्पूर्ण विद्यार्थी हरुलाई हल्ट प्राइज को बारेमा जानकारी गराउन र यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ थुप्रै अभिमुखिककरण कार्यक्रम भैरहेको  हल्ट प्राइज पोखरा बिस्वबिद्यालय का क्याम्पस उपनिर्देशक् प्रशान्त भुसाल ले जानकारी दिनुभयो ।

Tuesday, October 6, 2020

हल्ट प्राइज अन् क्याम्पसको “माइक्रोसफ्ट अफिस प्याकेज” मा प्रभाव प्रशिक्षण कार्यक्रम सम्पन्न !

हल्ट प्राइज प्रारम्भिक चरण सामाजिक उद्यमको लागि संसारमा सबैभन्दा ठूलो स्टार्ट-अप कार्यक्रम बनेको छ। US $ १० ,००,००० स्टार्ट-अप पुरस्कार रहेको हल्ट प्राइज ले हामीलाई सामान्य रूपले पूर्ण मुनाफा प्रेरित व्यवसाय र विश्व परिवर्तन गर्ने सामाजिक उद्यमी बन्न मद्दत गर्दछ। पोखरा विश्वविद्यालय अन्तर्गतका तिन वटा अन् क्याम्पस पोखरा, चितवन र Cist कलेज मा हल्ट प्राइज २०२०/२१ को तयारी तिब्र गतिमा चलिरहेको छ।

सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०-२१ को तयारि को क्रममा रहेको तिन वटा अन् क्याम्पस को संयुक्त आयोजनामा माइक्रोसफ्ट अफिस प्याकेजमा प्रभाव प्रशिक्षण कार्यक्रम सम्प्पन्न  भएको छ। तीन हप्ता को लागि प्रत्येक आइतबार इच्छुक प्रशिक्षर्थी भर्चुअल माध्यम बाट कार्यक्रम मा जोडिनु भएको थियो। कार्यक्रम  २० र २६ सेप्टेम्बर र ४ अक्टोबर गरि तीन दिन सम्म भएको थियो।            माइक्रोसफ्ट अफिस विशेषज्ञ नेपाल का राष्ट्रिय च्याम्पियन २०१८ असिम तारा पाठकले कार्यक्रम मा प्रशिक्षण दिनु भएको  थियो भने कार्यक्रम लाइ नेपाल अनलाइन स्कुल , रोटार्याक्ट क्लब काठमाडौं नर्थ इस्ट , Institute of Himalayan Risk Reduction र मेरो क्रिएसन् ले सहयोग गरेको थियो।कार्यक्रम भव्य र सव्य भएको कुरा हल्ट प्राइज २०२०/२१ पोखरा विस्वबिद्यालय, Cist कलेज का क्याम्पस उपनिर्देशक दीपा घिमिरे  ले जानकारी गराउनु भयो।