Saturday, August 22, 2020

पोखरा विश्वविद्यालयमा हल्ट प्राइज २०२०/२१ को तयारी सुरु !

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२०/२१  आयोजना गर्ने तयारी गरेको छ। अमेरिकी १ मिलियन डलरको global startup पुरस्कार रहेको हल्ट प्राइज २०२०/२१  ले भर्खरै मात्रै यसबर्षको चुनौती प्रस्तुत गरेको छ।

 दिगो विकास लक्ष्यहरू को १७  वटा शीर्षक मध्येको सातवटा शीर्षकमा रहेर प्रतिस्पर्धीहरूले “food for good”, (transforming food into vehicle for change) भन्ने शीर्षकमा आफ्नो कुराहरु प्रस्तुत गर्नेछन्।  विश्वभरका १२२  वटा देशको दुई हजारभन्दा बढी विश्वविद्यालयहरु का विद्यार्थीहरुले भाग लिने उक्त कार्यक्रमलाई हल्ट फाउन्डेसन, हल्ट बिजनेस इन्टरनेसनल स्कुल  र संयुक्त राष्ट्र संघले संयुक्त रुपमा आयोजना गर्दछन्।

आशिष  लामिछानेको नेतृत्वदायी भूमिकामा पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा हुने हल्ट प्राइज पोखरा विश्वविद्यालय on campus programme को तयारी द्रुतगतिमा भइरहेको छ । पोखरा विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन्।

 २०१७ देखि पोखरा विश्वविद्यालयमा आयोजना हुँदै आएको यस कार्यक्रमलाई यस वर्ष अझ व्यापक सफल र उत्कृष्ट बनाउने उद्देश्यले थुप्रै जानकारीमुलक कार्यक्रमहरुका साथ सम्पूर्ण आयोजक कमिटी लागिपरेका छन्। सबै सम्बन्धन प्राप्त कलेज हरुलाई समेट्ने उदेश्य का साथ् कार्येक्रम हरु अगाडी बढेको छ।

Tuesday, August 18, 2020

पोखरा विश्व बिध्यालय केन्द्रिय क्याम्पसले अन्तरास्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राईज आयोजना गर्ने !

पोखरा  विश्वविद्यालय पीयू केन्द्रीय क्याम्पस ले  अन्तर्राष्ट्रिय सामाजिक उद्ध्यम्सिलता चुनौती हल्ट प्राइज २०२०/२१  आयोजना  गर्ने तयारी गरेको  छ ।  यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार पनि  भनेर चिनिन्छ। 

अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको छ । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । 


यस वर्ष हुन गैरहेको कार्यक्रम  क्याम्पस निर्देशक आशिष लामिछाने को  नेतृत्वमा हुनेछ । साथै उनको नेतृत्वमा सदस्य हरु कार्येक्रम लाइ भव्यताकासाथ् सम्पन्न गर्न लागि परिसकेका  छन्  । 

आफ्ना मुख्य सदस्यहरूलाई सम्बोधन गर्दै लामिछाने  भन्छन्, ”विश्वव्यापी महामारीको बावजुद पनि मेरो टीम सधै आफु भन्दा  तलकालाई भर्‍याङ दिन र सबैका निम्ति मैदान बनाउन लागि परेका छन् । हामीले त्यस्तो नेतृत्वकर्ता लाई चुन्नुपर्छ, जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस भन्दै हौसला प्रदान गरेका थिए ।

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पस मा  हुने यस कार्यक्रममा पोविवि का सम्पूर्ण आङ्गिक तथा सम्बधनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि विभिन्न क्याम्पसहरुमा हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्दै अगाडी बढ्ने कुरा क्याम्पस उपनिर्देशक प्रशान्त भुसाल ले जानकारी दिएका छन् ।

पोखरा  विश्वविद्यालयले २०१७ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। हल्ट प्राइज एक खुला प्लेटफर्म हो जसले  नेटवर्क र ब्यापारलार्ई अगाडि बढाउन आइडिया दिन्छ। मंगसिर १२ मा फाइनल प्रतियोगिता गर्ने हिसाबले  उक्त कार्यक्रमको तयारी सुरु भएको छ ।