असार २५,
पोखरा महानगपालिका वडा नम्बर ८ मा स्थापना भएको एकता युवा क्लबको दोस्रो मिटिङ भौतिक उपस्थितिका साथ असार २५ गते सम्पन्न भएको छ। कोरोनाका कारण देश बन्दाबन्दी भईरहेको बेलामा समाजमा भएको विकृती सङै स्वास्थ खेलकुद अनि बालबालिकाको लागि काम गर्ने मुख्य उदश्यको साथ स्थापना भएको एकता क्लबले आफ्नो पदाधिकारी सङ दोस्रो मिटिङ पोखरा ८ सृजनाचोकमा सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा सम्पन्न उक्त मिटिङमा क्लबका प्रमुख समितिमा रहेका १३ जना सदस्यको उपस्थिती रहेको थियो।मिटिङ, भावी दिनमा कसरी अगाडी बड्ने र समाज रुपान्तरणमा कसरी लाग्ने भन्ने कुरामा केन्द्रित रहेको थियो। उक्त मिटिङमा कार्यकारी पदाधिकारीको फेरबदल भएको गरिएको छ।
फेरबदल भएसङै क्लबको अध्यक्षमा सुनिल खड्का नै सर्बसम्मत चयन भएका छन भने, उपाध्यक्षमा ईस्वर पहारी चयन भएका छन।महासचिवमा किरण भण्डारी चयन भएका छन भने सचिव र सह सचिवमा क्रमश सन्दिप भुसाल, सुजन उचाल र पृतम गुरुङ चयन भएका छन।यसैगरी कोषाध्यक्षमा दिपा राई नै रहेकी छन भने सदस्यमा क्रमश अविशेक छेत्री, विशाल गुरुङ, सुवास सापकोटा, पुर्ण नेपाली, सन्तोष छेत्री र, बिस्णु पोख्रेल चयन भएका छन।
क्लब छिट्टै नै बैधानिकता हासिल गर्ने सम्बन्धमा वडाबाट सिफारिस लिने र क्लबलाई छिट्टै नै दर्ता गराएर कानुनी हिसाबले बलिलो बन्ने कुरामा केन्द्रित रहेको क्लब उपाध्यक्ष पहारिले जानकारी दिए। यसका लागि चाहिने सम्पूर्ण कागजात सन्कलनको काम अगाडी बढाउनको लागि क्लबका सचिवहरुलाई आग्रह गरिएको छ।
कार्य विभाजन गर्ने सम्बन्धमा विभिन्न समितिहरुको गठन पनि गरिएको थियो। जसमा विभिन्न विभाजन गरि विभाजन प्रमुखहरु छुट्याइएका छन। जसमा शिक्षा विभाजनमा सन्दिप भुसाल, खेलकुद विभाजनमा पृतम गुरुङ, स्वस्थ्य विभाजनमा सुवास सापकोटा र स्वायमसेवक तथा आकस्मिक विभाजनमा सुजन उचाई रहेका छन।विभिन्न छेत्रमा काम गर्न सजिलो होस भन्ने उदेश्यका साथ उक्त विभाजन गरिएको क्लबका अध्यक्ष खडकाले जानकारी दिए।
कार्यक्रम क्लब महासचिव किरण भण्डारीले चलाएका थिए भने, उपस्तिथि सम्पुर्ण पदाधिकारीहरुले आआफ्नो परिचयका साथै आआफ्नो राय र सुझाव बेक्त गरेका थिए।
No comments:
Post a Comment