युनिटि युबा क्लब पोखरा र बिरौटा युबा क्लब बिच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ।
युनिटि युबा क्लबका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा आयोजित खेल सभ्य एबंम भब्य रुपमा संचालन गरिएको छ।
बिरौटाका युवाहरुद्वारा गठित युवा क्लब र पोखरा ८ सृजनाचोकका युवाहरुद्वारा नव गठित युनिटी युवा क्लब बिच आज पोखराको मुस्ताङचोकमा अवस्थित फुटसल ग्राउन्डमा खेल सम्पन्न भएको थियो।
बिरौटा युबा क्लबद्वारा युनिटी युवा क्लबलाई ५-३ अन्तरको गोलले पछि पार्दै बिजयी हुन सफल भएको थियो। जसमा बिरौटा युवा क्लबको तर्फबाट किर्तन गुरुङले ४ गोल गरे भने युनिटिका मिलन राजभण्डारीबाट अत्मघाती गोल सङै बिरौटा युवा क्लब जित हासिल गर्न सफल भयो। युनिटिका तर्फबाट भने विशाल थापा मगरबाट १ गोल साथै क्रमशः पृतम गुरुङ र मिलन राजभण्डारी १/१ गोल गर्न सफल भए।
युनिटि युबा क्लबले सरकारले तोकेका सम्पुर्ण स्वास्थ्य मापदण्डको पालना गरि खेल संचालन गरेको क्लवका सहसचिव एबंम खेलकुद समितीका संयोजक पृतम गुरुङले बताए। खेलकुदका साथसाथै अन्य कार्यक्रमको समेत आयोजना गरि क्लबलाई चुस्त र दुरुस्त बनाउने क्लबका महासचिव किरण भण्डारीले बताए।
यूनिटी युवा क्लबका अध्यक्ष सुनिल खड़काले युवाहरू भविस्यका कर्णधार मात्रै होईनन वर्तमानका साझेदार पनी हून र हरेक क्षेत्रमा युवाहरूलाई समान सहभागितामा जोड़ दिनु पर्ने बताए, युवाहरु स्वास्थ देश पनि स्वस्थ रहनेछ भन्ने मूल नाराका साथ खेल खेलीएको बताए। उनले आगामी दिनमा समेत खेलकूद मार्फ़त युवाहरूलाई जोड़न प्रयास गरिने र भाईचारा सम्बंध बिकास गरिने बताए ।