Wednesday, September 21, 2022

सपनाले भरिएको बिदेश सङै बिद्यार्थीको कथा अनि ब्यथा




हजार माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ भने झै, आफ्नो बाल्यकाल बिताएको जन्मभुमि नेपाल देखि परदेशसम्मको यो यात्रालाई पनि एक पाईला सम्झीएको छु। समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको केहि अर्थ छैन भन्ने बुझ्दै गरेका म जस्तो हजारौं बिद्यार्थीहरु आफ्ना हरेक पाईलाको महत्त्व खोज्दै हातमा पासपोर्ट अनि शैक्षिक सर्टिफिकेट भरिएको झोला काधमा बोकेर दिनहुँजसो २५०० युवाहरू वैदेशिएका छन।

देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन लामो समय द्वन्द भयो। राज्य व्यवस्थाहरू धेरै परिबर्तन पनि भए। तर, विडम्बना देशको अबस्था अझै परिबर्तन हुन सकेको छैन्। यसैको ज्वलन्त उदाहरण तथा प्रत्यक्ष प्रभाबले होला, बाध्यता भनौ या अबसरको खोजीमा भनौ दिनहुँ २५०० भन्दा बढी युवाजनशक्तिहरु सपनाले भरिएको ह्यान्ड ब्याग अनि बाध्यताको भरिएको गह्रौ लगेजलाई सकि नसकी घिसार्दै एयरपोर्ट छोड्नु परेको छ। एयरपोर्टमा छोड्न आउने अभिभाबकहरुलाई एक हातले आँखा छोपि आँशु पुछ्दै अर्को हात हल्लाएर बाई बाई गर्दै जहाज माथीबाट पनि मातृभूमिको माटो देखिन्छ कि भन्दै हजारौं सपनाहरुलाई पच्छ्याउदै प्रदेशिनु परेको छ।

एउटा युवाले जसोतसो गरेर स्वदेशमै पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको कामको खोजी दिन रात नभनि खाली पेट सङै खाली खल्ती कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर विदेशको बाटो अपनाउन बाध्य हुन्छ। उ भिषा अप्लाई गर्छ भिषा पनि लाग्छ र सपनाको रिल्याक्स जिन्दगीमा रमाउदै नेपालका साथीभाईलाई पार्टी थ्रो गर्दै उ सपनाको देशमा ल्यान्ड गर्छ । साथीहरु सँग घर सेयर गरेर बस्छ ३-४ कोठे एउटा घरमा १०-१२ जना भेडा बाख्रा झै गरेर बसेका हुन्छन। पहिले गएका साथीहरु जसो तसो काम अनि कलेज सेट भएर बसेका हुन्छन सबै आफ्नो काम अनि कलेजमा बिजी हुन्छन। नयाँ नयाँ गएको उसलाई त्यहाँको भाषा ठाउँ सिस्टम सभ्यता सबै नयाँ हुन्छ अनि पहिलो १-२ हप्ता त उ बाहिर निस्केर काम खोज्न सक्ने अवस्थामा पनि हुँदैन।

तर, जीवन त्यस्तो सोचे जस्तो कहां सजिलो छ र विदेशको। कुनै पनि देश जानु भन्दा अगाडि त्यहांको वस्तु स्थिति, हावा पानी, सामाजिक अनि सांस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ।
खाडी र अन्य देशमा श्रमको लागि प्रदेशीनेहरूको बाध्यताको कथा ब्यथा भने पृथक छ। तर, बिकशित ठूला देशहरूमा जानु कतिलाई रहर बनेको छ।  सँगै पढेको साथी अमेरीका, अष्ट्रेलिया, युरोप, जापान यस्तै–यस्तै बिकशित देश पुगिसक्यो। समुन्द्रको छेउमा, आकर्षक पार्कमा र ठूल–ठूला बिल्डिङ्ग र सपिङ्ग महलमा गएर विभिन्न स्टाइलमा फोटो खिचेर सामाजिक सञ्जालमा राखेको तस्बिरहरूले त झनै मन थाम्नै गाह्रो बनाउने गर्छ।  १८/२० बर्षको कलिलो उमेर, भर्खरै +२ सकेर बसेका अपरिपक्व उमेरका युवायुवतिहरु कुन देश जाने भन्दै सपनाको देशहरु छनोट सुरु गर्न थाल्छन। साथिभाईहरुकै लहैलहैमा बिना कुनै रिसर्च, बिना कुनै अध्ययन मेरो साथी यो देश गएको छ, मपनि तै जान्छु भन्दै आफ्नो आमाबाबालाई दिनहु पिरोल्न थाल्छन। आमाबाबाको मन नै हो, आफ्ना छोराछोरिको भविस्यको लागि भन्दै खाई नखाई भएपनी केहि खर्च गरेर ठूला र सम्पन्न देशहरूमा सन्तान पठाउन पाए त त्यहाँ पुगेर डलरका बिटा पठाउन शुरू गरिहाल्छन अनि आर्थिक अबस्था राम्रो भैहाल्छ नि भन्ने आशाको भकारिसङै आफ्ना छोराछोरिलाई एर्पोटबाट बिदाई गर्छन।
आमाबाबाको मन नै हो, आफ्ना छोराछोरिको भविस्यको लागि भन्दै खाई नखाई भएपनी केहि खर्च गरेर ठूला र सम्पन्न देशहरूमा सन्तान पठाउन पाए त त्यहाँ पुगेर डलरका बिटा पठाउन शुरू गरिहाल्छन अनि आर्थिक अबस्था राम्रो भैहाल्छ नि भन्ने आशाको भकारिसङै आफ्ना छोराछोरिलाई एर्पोटबाट बिदाई गर्छन।

धेरै जस्तो युवाहरु अरुको लहैलहैमा लागेर बकम्फुसे गफको पछि लागेर वास्तविकता के हो नबुझि बैदेशिक यात्रा तय गर्ने गर्छन। आफू भन्दा दिग्गज् जसलाई वास्तविकता थाहा छ ती साथीहरूबाट उचित परामर्श, सुझाव सल्लाह लिएर चालेको कदम नै उचित हुन्छ। आज हजारौं युवा, विद्यार्थी भिजामा बिदेशको यात्रा तय गर्दा आफ्नो कलेज वा विश्व विद्यालयबारे राम्रोसंग ज्ञान नभएको कारण धेरै दु:ख पाएका छन। भिजा लगाउनु वा बिदेश जानु ठूलो कुरा होइन। तर बिदेश पुगिसकेपछि आइपर्ने वाधा अड्चनको सामना कसरी गर्ने भन्ने कुराको मनसाय बनाउन नसक्दा दुख पाउने गर्छन। कलेजको चर्को फि तिर्ने कसरी, कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, वैधानिक रुपमा साताको कति घन्टा काम गर्न पाइन्छ, बस्ने ठाउं कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत विषयमा जानकारि नभएकै कारण हजारौं बिद्यार्थीहरु समस्यामा परेका गर्छन। यति मात्र नभएर आफूले पढ्न लागेको विषयको स्कोप के कति छ, भन्ने कुराको ज्ञान नहुदा आफ्ना बाआमाले ऋण् काडेर गरेको खर्च भोलि बालुवामा पानी जस्तो हुन पुग्छ।

ठूल-ठुला समुन्द्र, आकर्षक पार्क, ठूल–ठूला बिल्डिङ्ग र सपिङ्ग महलसङै जीबनशैली जति मनमोहक छ नि, तर यिनै मनमोहकतामा रमाउन सक्ने बाताबरण बनाउन त्यतिनै सँघर्ष र चुनौतीहरु पनि छन। कामको अस्थिरता, यूनिभर्सिटीको चर्को फि, असाईन्मेटको तनाव, थाकेको शरीर अनि मानसिक तनाव,  महङ्गो जीवनसैली, घरपरिवारको आश अनि अपेक्षा, महत्वकाँक्षी सपनाको झोलाले भरिएको काधको बोझ थेग्न नसकी अन्तत डिप्रेसनको शिकार भै, हजारौं कलिला युवा–युवतीहरु आत्महत्या जस्तो भयानक दुर्घटनाको शिकार बन्न परेको छ। तर, यसको मतलब बिदेशमा अबसर हुँदै नभएको चाँही पक्कै पनि भन्न खोजेको होईन। चुनौती सङै अवसरहरु पनि उतिक्कै छन।  हरेक कुराका दुई पाटा हुन्छन, ती दुई पाटालाई नै सुमधुर तरिकाले चलाउन सकियो भने जीवन अवस्य नै सफलताको पाईलातिर लम्कन्छ। तर विडम्बना अहिलेका सबै युवा जमातहरुमा यो कुराको ज्ञान छ या भएपनी नभएको जस्तो गर्छन त्यो चाहिँ बुझ्न गाह्रो परेको छ।
कामको अस्थिरता, यूनिभर्सिटीको चर्को फि, असाईन्मेटको तनाव, थाकेको शरीर अनि मानसिक तनाव,  महङ्गो जीवनसैली, घरपरिवारको आश अनि अपेक्षा, महत्वकाँक्षी सपनाको झोलाले भरिएको काधको बोझ थेग्न नसकी अन्तत डिप्रेसनको शिकार भै, हजारौं कलिला युवा–युवतीहरु आत्महत्या जस्तो भयानक दुर्घटनाको शिकार बन्न परेको छ।

स्वदेशमा बसेर तिमिले देखेको अनि सोचेको जस्तो सजिलो छैन् विदेश, तरपनी हजारौ सपना अनि रहरहरुलाई धितो राखेरै भएपनी युवाहरु वैदेशिक भुमिमा प्रवेश गर्छन। तर, बाआमालाई घुर्की लगाई लगाई बाइक र स्कुटीमा घुमे जस्तो सजिलो पनि छैन् विदेश। १८/१९ घन्टा काम गरेर कोठामा फर्किदा दिन कतिबेला अनि रात कतिबेला भन्ने थाहा नै हुदैन। साझी भात त कुरै छोडौ बासी भात पनि समय नमिलेर पुरै खान पाईदैन। काम नगरौ कोठा भाडा, कलेजको फि, अनि दैनिक खर्छ कसरी चलाउने, अनि काम गरौ त ज्यान सितिल भै सकेको हुन्छ। कति युवाहरु आफ्नो स्वास्थको कारणले काम गर्न नसकेको मैले देखेको छु । घरको परिस्थितिले या मायांमा फसेका साथीहरू होम सिकले फर्केको पनि यदाकदा सुनिने गर्छ। आफुले सोचेको जस्तो अनि आफ्नो लेभलको काम पाईएन भनेर मनमा कुरा खेलाउने गर्छन धेरै युवाहरु। आफूले सोचे जस्तो गर्न नसक्दा या भनौं साथीले यति कमाई सक्यो मैले केही गर्न सकिन भनेर प्रतिष्पर्धा गर्दा, ऋण काडेर आएको पैसा समयमा चुक्ता गर्न नसक्दा अनि परिवारको आश अनि अपेक्षालाई पूरा गर्न नसक्दा उदासीनता भएर डिप्रेसनको शिकार हुने गरेको यदाकदा सुनिने गर्छ। 
स्वदेशमा बसेर तिमिले देखेको अनि सोचेको जस्तो सजिलो छैन् विदेश, तरपनी हजारौ सपना अनि रहरहरुलाई धितो राखेरै भएपनी युवाहरु वैदेशिक भुमिमा प्रवेश गर्छन। 

राम्रो शिक्षाको बहाना बनाएर अन्य मुलुकका नागरिक आफ्नो देशमा ल्याउने विकसित मुलुकहरुको मुख्य उदस्य हो। अरुको देशका युवा जनशक्ती अनि विद्यार्थी ल्याउने, विभिन्न सेवासुविधा र प्रलोभन देखाएर उनिहरुको परिश्रम खाने अनि आफ्नो देशको अर्थतन्त्र बलियो बनाउने तिर लाग्छन। अन्य देशका युवाहरुलाई आफ्नो देश विकासमा प्रयोग गर्ने विकसित मुलुकहरुको रणनीति हुन्छ। आज विकसित भनिएका मुलुकहरु विकसित हुनुको कारण पनि यही हो। उनीहरु आफ्नालाई बाहिर जान दिदैनन्, अरुलाई ल्याएर आफ्नो मुलुक समृद्ध बनाउँछन्।

च्याउ झै उमृएका घरै पिचेका एझुकेशन कन्सल्टेन्सिहरुका कारणपनि धेरै विद्यार्थीहरु मर्कामा परेका हुन्छन। झुटा आसवासन अनि झुटा कुराहरु गरेर हजारौ युवाहरुको ध्यान नै परिवर्तन गरिदिने अनि लाखौ रुपैया असुल्ने तर अन्त्यमा विद्यार्थीको बिचल्ली बनाउने कन्सल्टेन्सिहरु धेरै छन। राज्यको कडा कानुन अनि शिक्षा छेत्रमा भएको कालोबजारिमा ध्यान नदिनाले हजारौं युवाहरु अल्पत्र हुन परेको छ। त्यसैले युवा विद्यार्थीहरुले आफुले आफ्नो सपनाको सन्सारमा रम्नु अघि धेरै कुराहरुमा ध्यान अनि अध्ययन गर्न यकदम जरुरी हुन्छ। 

लेखक: 
ईस्वर पहारी,
हाल बेलायतमा स्नातकोत्तर अध्ययनरत!




Sunday, October 31, 2021

गण्डकी युनेस्को क्लव द्वारा सामुदायिक स्वास्थ्य अभियान सन्चालन !

कार्तिक १४, पोखरा!
रुटिङ अफ पोखरा सम्वाददाता !
 हिजो मिति २०७८/०७/१३ गते, सबनम सुवेदी ज्यू को अध्यक्षतामा, गण्डकी युनेस्को क्लबले पोखरा उपमहानगरपालिका वडा नम्बर ६ को बाङ्लादी टोलमा अवस्थित शिवमादी धाम मा सामुदायिक स्वास्थ्य अभियान आयोजना गरेको थियो। 


पोखरा विश्वविद्यालयका उपकुलपति तथा युनेस्को फेडेरेसन नेपालका पूर्वअध्यक्ष प्रो. प्रेम नारायण अर्याल ज्युको प्रमुख आतिथ्यमा वृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा करिव ६०-७० जनाको उपस्थिती रहेको थियो।


"स्वास्थ्य जीवन सुखी जीवन" भन्ने मुल नारालाई अघि सार्दै, पोखरा महानगर पालिका वडा नम्बर ६, बाङलादी टोलका करिव ५०-६० जना व्यक्तिहरुको बि. एम. आई र रगतचापको जाँच गरिएको थियो।
उक्त अभियानलाई अझै सान्दर्भिक बनाउन सरसफाई कार्यक्रम पनि गरिएको थियो।


कार्यक्रमको अन्त्यमा गण्डकी प्रदेशको सबै समुदायहरुमा यस्ता प्रकारका स्वास्थ्य कार्यक्रमहरु अति आवस्यक रहेको र यस खालका कार्यक्रमहरु भावी दिनहरुमा पनि अगाडि बढाउने पर्ने कुरा क्लबकी सचिव श्वेता रानाभाट ज्यूले जानकारी दिनुभएको छ।
Photo; ©Shweta Ranabhat

Friday, September 3, 2021

"हल्ट प्राईज एट पोखरा युनिभर्सिटी" को पाचौं संस्करण को तयारी तिब्र।

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२१/२२ आयोजना गर्ने तयारी गरेको छ। अमेरिकी १ मिलियन डलर पुरस्कार रहेको हल्ट प्राइज पोखरा विश्वविधालयमा अध्यनरत विद्यार्थीमा अन्तरनिहित नविनतम सोंच लाई उजागर र मार्गनिर्देशन गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम हो।


ई.सं २०१७ मा कुसुमशिला भट्टको नेतृत्वमा स्थापित "हल्ट प्राईज एट पोखरा युनिभर्सिटी" राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल रहेको थियो। आशिष लामिछानेको नेतृत्वमा २०२०/२१ को बिलबोर्ड मा पर्न सफल रहेको यस कार्यक्रमलाई, २०२१/२२ मा भने गत बर्षको हल्ट प्राईज पोखरा युनिभर्सिटीका सहायक क्याम्पस निर्देशक रहेका प्रशान्त भुषालले नेतृत्व गर्नेछन।

बिगतको बर्षमा हासिल गरेको उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुद्रिढ ढंगले अघि बढन र हल्ट प्राईजको मुख्य मार्गदर्शन रहेको "हल्ट प्राईज फाउन्डेसन" को निर्देशित सम्पुर्ण कार्यलाई कुशल ढंगले पालना गरि कार्यक्रमलाई अगाडी बढाउन आफू लगाएत सम्पूर्ण आयोजक टिम तयारी अवस्थामा रहेको भुसालले रुटिङ अफ पोखरालाई बताए।

Thursday, July 29, 2021

युनिटि युबा क्लब र बिरौटा युवा क्लब बिच मैत्रीपुर्ण फुटसल खेल सप्पन्न।

युनिटि युबा क्लब पोखरा र बिरौटा युबा क्लब बिच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ। 
युनिटि युबा क्लबका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा आयोजित खेल सभ्य एबंम भब्य रुपमा संचालन गरिएको छ।



बिरौटाका युवाहरुद्वारा गठित युवा क्लब र पोखरा ८ सृजनाचोकका युवाहरुद्वारा नव गठित युनिटी युवा क्लब बिच आज पोखराको मुस्ताङचोकमा अवस्थित फुटसल ग्राउन्डमा खेल सम्पन्न भएको थियो।




बिरौटा युबा क्लबद्वारा युनिटी युवा क्लबलाई ५-३ अन्तरको गोलले पछि पार्दै बिजयी हुन सफल भएको थियो। जसमा बिरौटा युवा क्लबको तर्फबाट किर्तन गुरुङले ४ गोल गरे भने युनिटिका मिलन राजभण्डारीबाट अत्मघाती गोल सङै बिरौटा युवा क्लब जित हासिल गर्न सफल भयो। युनिटिका तर्फबाट भने विशाल थापा मगरबाट १ गोल साथै क्रमशः पृतम गुरुङ र मिलन राजभण्डारी १/१ गोल गर्न सफल भए।




युनिटि युबा क्लबले सरकारले तोकेका सम्पुर्ण स्वास्थ्य मापदण्डको पालना गरि खेल संचालन गरेको क्लवका सहसचिव एबंम खेलकुद समितीका संयोजक पृतम गुरुङले बताए। खेलकुदका साथसाथै अन्य कार्यक्रमको समेत आयोजना गरि क्लबलाई चुस्त र दुरुस्त बनाउने क्लबका महासचिव किरण भण्डारीले बताए।



यूनिटी युवा क्लबका अध्यक्ष सुनिल खड़काले युवाहरू भविस्यका कर्णधार मात्रै होईनन वर्तमानका साझेदार पनी हून र हरेक क्षेत्रमा युवाहरूलाई समान सहभागितामा जोड़ दिनु पर्ने बताए, युवाहरु स्वास्थ  देश पनि स्वस्थ रहनेछ भन्ने मूल नाराका साथ खेल खेलीएको बताए। उनले आगामी दिनमा समेत खेलकूद मार्फ़त युवाहरूलाई जोड़न प्रयास गरिने र भाईचारा सम्बंध बिकास गरिने बताए ।

Monday, July 26, 2021

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ को कमिटि बिस्तार!

राष्ट्रिय युवा संघ नेपाल, पोखरा ८ ले आफ्नो कमिटि बिस्तार एबंम जिम्मेवारीमा हेरफेर गरेको छ।


मंगलबार आयोजित बैठकमा अध्यक्ष सन्जिब बरालको अध्यक्षतामा १८ जना नयाँ सदस्यहरु थप गर्नुका साथै विभिन्न पदमा आसिन पदाधिकारीहरुलाई नयाँ जिम्मेवार प्रदान गरिएको छ।

 जसमा सहसचिबमा मोहन उचाइ, कोषध्यक्षमा मनिश बस्नेत साथै सचिवालय सदस्यहरुमा क्रमशः अमित क्षेत्री र अबिषेक क्षेत्री चयन भएका छन। 



नयाँ सदस्य एबमं सचिवालय सदस्यहरुलाई उपाध्यक्ष सुनिल खड्काले पार्टी पंक्तिलाई बलियो बनाइ समाजमा अझ ब्यबस्थित तबरले युबाहरुले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए। कमिटिका सचिब किरण भण्डारीले बैठकलाई संचालन गरि नयाँ सदस्य तथा पदाधिकारीहरुलाई आ-आफ्नो पदको गरिमालाई मनन् गरि संगठनमा कृयाशिल हुन आग्रह गर्नुका साथै बदाई एबमं शुभकामना ब्यक्त गरेका थिए। 

Saturday, July 10, 2021

एकता युवा क्लबको भौतिक उपस्तिथिमा पहिलो मिटिङ सम्पन्न।

असार २५, 
पोखरा महानगपालिका वडा नम्बर ८ मा स्थापना भएको एकता युवा क्लबको दोस्रो मिटिङ भौतिक उपस्थितिका साथ असार २५ गते सम्पन्न भएको छ। कोरोनाका कारण देश बन्दाबन्दी भईरहेको बेलामा समाजमा भएको विकृती सङै स्वास्थ  खेलकुद अनि बालबालिकाको लागि काम गर्ने मुख्य उदश्यको साथ स्थापना भएको एकता क्लबले आफ्नो  पदाधिकारी सङ दोस्रो मिटिङ पोखरा ८ सृजनाचोकमा सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा सम्पन्न उक्त मिटिङमा क्लबका प्रमुख समितिमा रहेका  १३ जना सदस्यको उपस्थिती रहेको थियो।मिटिङ, भावी दिनमा कसरी अगाडी बड्ने र समाज रुपान्तरणमा कसरी लाग्ने भन्ने कुरामा केन्द्रित रहेको  थियो। उक्त मिटिङमा कार्यकारी पदाधिकारीको फेरबदल भएको गरिएको छ।


फेरबदल भएसङै क्लबको अध्यक्षमा सुनिल खड्का नै सर्बसम्मत चयन भएका छन भने, उपाध्यक्षमा ईस्वर पहारी चयन भएका छन।महासचिवमा किरण भण्डारी चयन भएका छन भने सचिव र सह सचिवमा क्रमश सन्दिप भुसाल, सुजन उचाल र पृतम गुरुङ  चयन भएका छन।यसैगरी कोषाध्यक्षमा दिपा राई नै रहेकी छन भने सदस्यमा क्रमश अविशेक छेत्री, विशाल गुरुङ, सुवास सापकोटा, पुर्ण नेपाली, सन्तोष छेत्री र, बिस्णु पोख्रेल चयन भएका छन।




क्लब छिट्टै नै बैधानिकता हासिल गर्ने सम्बन्धमा वडाबाट सिफारिस लिने र क्लबलाई छिट्टै नै दर्ता गराएर कानुनी हिसाबले बलिलो बन्ने कुरामा केन्द्रित रहेको क्लब उपाध्यक्ष पहारिले जानकारी दिए। यसका लागि चाहिने सम्पूर्ण कागजात सन्कलनको काम अगाडी बढाउनको लागि क्लबका सचिवहरुलाई आग्रह गरिएको छ।

कार्य विभाजन गर्ने सम्बन्धमा विभिन्न समितिहरुको गठन पनि गरिएको थियो। जसमा विभिन्न विभाजन गरि विभाजन प्रमुखहरु छुट्याइएका छन। जसमा शिक्षा विभाजनमा सन्दिप भुसाल, खेलकुद विभाजनमा पृतम गुरुङ, स्वस्थ्य विभाजनमा सुवास सापकोटा र स्वायमसेवक तथा आकस्मिक विभाजनमा सुजन उचाई रहेका छन।विभिन्न छेत्रमा काम गर्न सजिलो होस भन्ने उदेश्यका साथ उक्त विभाजन गरिएको क्लबका अध्यक्ष खडकाले जानकारी दिए।
कार्यक्रम क्लब महासचिव किरण भण्डारीले चलाएका थिए भने, उपस्तिथि सम्पुर्ण पदाधिकारीहरुले आआफ्नो परिचयका साथै आआफ्नो राय र सुझाव बेक्त गरेका थिए।

Friday, June 25, 2021

सेदिबगरमा पोखराकै पहिलो केवलकार, सन्चालनमा।


असार १२,
पोखरा महानगरपालिका वडा नम्बर १८, सेदि बगरमा पोखरा कै पहिलो केबलकार निर्माण सम्पन्न भएको छ ।
फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको छ।

Photo;©ishwor pahari

अन्नपूर्ण केवल कारले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल माच्छापुच्छ्रे हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ।



केबलकारका लागि हाल १८ वटा गुन्डला (डिब्बा) रहेका छन् भने थप गरेर ३६ वटासम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ । हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ।

Photo; ©ishwor pahari

प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्नेछन । फेवाताल किनार सेदिबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ मिनेटमै पुग्न सकिनेछ । एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर परीक्षण गरिसकेको संचालकमध्येका एक तिर्थराज त्रिपाठीले बताए।


Saturday, June 19, 2021

कोलाहलमा लेकसाईड। फोटो फिचर !

जेठ ६, पोखरा,
विश्व यतिबेला कोरोनाको दोस्रो लहरमा छ। बिस्वका सयौ देशहरु यतिबेला लकडाउनमा छन। यो सङै नेपालमा पनि लकडाउन जारी छ।


पोखरा,सधै जस्तो ब्यस्त रहने ठाउँ यतिबेला भने सुनसान देखिन्छ। बिगत केही दिनदेखि पोखराका मुख्य चोकहरुमा सवारी साधनहरु साथै मानिसहरुको आवत जावत धेरै हुन थालेको छ तर पनि पोखराको मुख्य पर्यटकीय ठाउँ लेकसाईड भने उहीँ कोलाहलमै देखिन्छ।

फोटो फिचर !
©ईस्वर पहारी



Thursday, June 3, 2021

कास्कीमा जेठ ३१ गते राती १२ बजेसम्म लम्बियो लकडाउन !





पोखरा, 
कास्किमा जारी बन्दाबन्दी जेठ 31 गते सम्म लम्बिएको छ। कोरोना भाईरसको संख्या दिनहु दिन बढेको हुनाले जारी लकडाउन थप १० दिन लम्बाइएको हो !

जिल्ला प्रशासन कार्यलय कास्किले जारी गरेको बिज्ञेप्ती सहित !!


Wednesday, June 2, 2021

सर्टिफिकेट झोलामा, सेटिङमा जागिर !



-ईस्वर पहारी
हरेक अचेतनाबाट चेतनातिर अगाडी बड्नु नै शिक्षा हो।स्कुल र क्याम्पसबाट नै पुर्ण शिक्षा पाउन सकिन्छ भन्ने आम धारण छ। शिक्षा भनेको कुनै विश्व बिद्यालयबाट सर्टिफिलेट बटुल्नु मात्र होईन।आफ्नो जिवनको हरेक पक्षहरुलाई ठिकसङ सन्चालन गर्न सक्नु पनि शिक्षा हो।

समाज परिवर्तनको लागि सबैभन्दा ठूलो लडाई शिक्षाको लडाई हो, तर नक्कल बाहेक केही भेटिदैन हाम्रो शिक्षा प्रणालिमा।शिक्षा भनेको त रचनात्मक र सृजनात्मक हुनुपर्छ।अहिलेको हाम्रो शिक्षा प्रणाली भनेको केवल नोकर उत्पादन गर्न सिकाउने मात्र हो।

अहिलेको समयमा देशका कयौं युवाहरु आफ्नो शैक्षिक प्रमाणपत्र साथमा हुदाहुदै पनि अन्योलतामा अल्झिरहेका छन, किनकी नेपाल यस्तो देश हो जहाँ सर्टिफिकेट हैन सेटिङले मात्र काम गर्छ जागिरमा होमिनको लागि।यहि बिवशताले गर्दा नै देशका कयौं युवाहरु डिग्रीसम्मको सर्टिफिकेट हातमा हुदाहुदै पनि त्यसलाई बन्दा बाकसभित्र राखेर ३५/४०° सम्मको तापक्रम भएका खाडी मुलकमा गाई आफ्नो डिग्री भन्दापनि निकै तल झरी काम गर्न बाध्य छन।

आखिर आफू मरेरै भएपनी आफ्नो परिवार अनि बिशेष गरि देश त बचाउनु नै छ नि रेमिटेन्सको माध्यमबाट।

आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालिक जन्माउन सकेन, आत्मनिर्भरता सकेन तर परनिर्भरता कोसौ फड्को मारेको छ।आजको शिक्षाले महान विद्वान् त छदै छ, माग्ने पनि बनाएको छ।

हातमा सर्टिफिकेट त छ तर सिपको लेखाजोखा छैन, सीप त छ तर केवल कागजी सर्टिफिकेटमा मात्रै।यो समस्या शिक्षा प्रणालिले त जन्मायो जन्मायो, अर्कोतिर सेटिङ अनि कामदारको भिख माग्न बाहेक अरु उपाय छैन।हातमा सर्तिफिकेटको भारी भएसङै जिवनमा पनि जिम्मेवारिको भारी गह्रौ हुँदै जान्छ।

तर बिडम्बना हामी यस्तो देशको नागरिक हौ जहाँ दुई दशकको शिक्षा अनि एउटा् झोलामा नअट्ने सर्टिफिकेटको खात हुदाहिदै पनि ठाउँमा आफ्नो मान्छे नभएको कारण ले नै गर्दा आज कयौं युवाहरु बेरोजगारीको पीडा नचाहादा नचाहदै पनि खेप्न परेको छ।


आजको शिक्षाको हस्तान्तरण र रुपान्तरणको हविगतले दुरुस्तै समस्या बनेको छ।एकातिर गुणस्तरीय शिक्षाको नाममा कयौं ठगिएका छन भने अर्कोतिर जो शिक्षित छैनन, जसलाई शिक्षा प्रणालिको बिकास कसरि गर्ने भन्ने कुराको ज्ञान नै छैन, उनिहरुनै विभिन्न मन्त्रीहरुको पदमा आशन गरेर देश आफ्नै शैलिमा चलाई रहेका छन। दिउसै सपना देख्छन अनि जनतालाई सपना बाढिरहेका छन। 

परिणाम आज अर्बौ बजेट बालुवामा पानी हाले सरह भएको छ।

हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल गर्यौ अर्थात् स्नातकोत्तर पास गर्यौ हातमा सर्टिफिकेटको खात लगायौ, तर बिडम्बना आफुले सोचेको अनि क्षमता अनुसारको जागिर पाएनौ, किनकी सबैजनाको ठाउँ आफ्ना मान्छे छैनन।बाबुआमाले जति गर्नु थियो गरिसके, अब आफू केही गर्न पर्छ भन्दै कयौ युवाहरु सर्टिफिकेटले भरिएको झोला बोकेर हार्गुहार गर्न बाध्य छन।कामको लागि भ्याकेन्सी खुल्छ, हजारौ युवाहरु तेहि होमिन्छन, अनि आफुले सकेको गर्छन तर भित्रभित्रै सबै सेटिङ मिलेको हुन्छ, एकैचोटि अन्तरबार्ता दिन मात्रै गए पुग्छ।

सर्टिफिकेट भनेको केवल हात्तिको दात जस्तै भएको छ सबै देखावटी।यहाँ कसरी पास गर्यो, मेहनत कति गर्यो, नम्बर कति छ, क्षमता कति छ, भन्दा पनि कसैको चिनेजानेको भरमा जागिर पचाएका छन।अहिलेको सत्य नै यहि हो।

कयौ नेपाली अभिभावकको पिर चिन्तानै एउटै छ, छोरा-छोरिको पढाई त सकियो अब जागिरको लागि कहाँ पठाउनु। पढेर कहिले सक्लान, हातमा सर्टिफिकेट कहिले पाउलान र कहिले राम्रो पैसा कमाउने जागिर खालान भन्ने सोचमा नै हजारौं आमाबुवाहरु डुब्न बाध्य छन।

तर अफसोछ त्येही सपना बोकेर अघि बड्दै गरेका लाखौ युवाहरु आफ्ना मान्छे ठाउँमा नभएकै कारण बेरोजगार बस्न परेको छ।यसको पछाडि एउटै मात्र कारण छ सेटिङ।नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्‌झन् हामी पछि परिरहेका छौं। यो वाद र त्यो वाद, झन्डाको फेरबदल, व्यवस्थाको परिवर्तन र आरोप-प्रत्यारोपमै हामीले वर्षौंदेखि समय खेर फालिरहेका छौं।

 एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन् भने अर्को तिर भनसुन अनि सेटिङले बर्सेनि चलिरहेको छ।

कसैले थाहा नपाएको, नबुझेको होईन।ड्राइभर गाडीको सिटमा बसेको हुन्छ।स्टेरिङ गलत दिशामा मोडिरहेको हुन्छ तरपनी कोहि कसैले "ए गलत बाटोतिर गाडी किन मोडेको" भनेर भन्ने आट गर्दैनन।यहि भएर त आज देशमा भनसुन अनि सेटिङले काम गरिरहेको छ। नेपामा हजारौको संख्यामा बिध्यार्थिहरु छन जसका सर्टिफिकेटहरु झोला भित्र राख्दा-राख्दा फोहोरको डङुर जस्तै भएका छन।

त्यसैले आजको समयमा यस्तो हुन जरुरी छ कि जुन बर्तमानमा मात्र हैन भविस्यलाई पनि प्रतिनिधित्व गरोस। मानिस जबसम्म आफ्नो क्षमता अनि आफ्नो सर्टिफिकेट अनुसारको जागिर पाउदैन अर्थात पढाईको सहि सदुपयोग हुदैन तबसम्म उस्ले गरेको त्यो त्याग, मेहनतको केही मान्यता रहदैन। 

वास्तवमा हाम्रो समाजमा शिक्षाले रोपेको भ्रम भनेको नै कागजी सर्टिफिकेट मात्रै हो भने तेहि सर्टिफिकेट हुदाहुदै पनि भनसुन अनि सेटिङ नभएकौ कारण योग्यता अनुसरको रोजगार प्राप्त नगर्नु अर्को असफलता हो।हातमा सर्टिफिकेट नहुदा पनि भनसुनकै भरमा अब्बल ठाउँमा पुगेको उदाहरण थुप्रै छन। 

ठुलो उदाहरण त हामी हाम्रो देश चलाईरहेका नेताहरुलाई नै हेरौ न।न पढाई छ, न त सर्टिफिकेट नै, तर पनि देश चलेकै छ।

अन्ततः शिक्षामा नया शैक्षिक पद्धति अबलम्बन गरि शिक्षालाई समयानुकूल सुदृढीकरण गर्नु नै आजको आवश्यकता हो। लार्भाका रुपमा रहेको ब्यक्तिलाई सुन्दर पुतली भनाएर उडाउन सक्ने शिक्षाको खाचो छ आज देशमा नाकी, भनसुनको भरमा सर्टिफिकेट बिक्ने हैन।