Wednesday, September 21, 2022

सपनाले भरिएको बिदेश सङै बिद्यार्थीको कथा अनि ब्यथा




हजार माईलको यात्रा एक पाईलाबाट शुरु हुन्छ भने झै, आफ्नो बाल्यकाल बिताएको जन्मभुमि नेपाल देखि परदेशसम्मको यो यात्रालाई पनि एक पाईला सम्झीएको छु। समयलाई सस्तोमा बेचेर महंगो घडी लगाउनुको केहि अर्थ छैन भन्ने बुझ्दै गरेका म जस्तो हजारौं बिद्यार्थीहरु आफ्ना हरेक पाईलाको महत्त्व खोज्दै हातमा पासपोर्ट अनि शैक्षिक सर्टिफिकेट भरिएको झोला काधमा बोकेर दिनहुँजसो २५०० युवाहरू वैदेशिएका छन।

देशमा आमूल परिबर्तन ल्याउन र समृद्ध राष्ट्र निर्माण गरि अबसरको मुल फुटाउन लामो समय द्वन्द भयो। राज्य व्यवस्थाहरू धेरै परिबर्तन पनि भए। तर, विडम्बना देशको अबस्था अझै परिबर्तन हुन सकेको छैन्। यसैको ज्वलन्त उदाहरण तथा प्रत्यक्ष प्रभाबले होला, बाध्यता भनौ या अबसरको खोजीमा भनौ दिनहुँ २५०० भन्दा बढी युवाजनशक्तिहरु सपनाले भरिएको ह्यान्ड ब्याग अनि बाध्यताको भरिएको गह्रौ लगेजलाई सकि नसकी घिसार्दै एयरपोर्ट छोड्नु परेको छ। एयरपोर्टमा छोड्न आउने अभिभाबकहरुलाई एक हातले आँखा छोपि आँशु पुछ्दै अर्को हात हल्लाएर बाई बाई गर्दै जहाज माथीबाट पनि मातृभूमिको माटो देखिन्छ कि भन्दै हजारौं सपनाहरुलाई पच्छ्याउदै प्रदेशिनु परेको छ।

एउटा युवाले जसोतसो गरेर स्वदेशमै पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको कामको खोजी दिन रात नभनि खाली पेट सङै खाली खल्ती कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर विदेशको बाटो अपनाउन बाध्य हुन्छ। उ भिषा अप्लाई गर्छ भिषा पनि लाग्छ र सपनाको रिल्याक्स जिन्दगीमा रमाउदै नेपालका साथीभाईलाई पार्टी थ्रो गर्दै उ सपनाको देशमा ल्यान्ड गर्छ । साथीहरु सँग घर सेयर गरेर बस्छ ३-४ कोठे एउटा घरमा १०-१२ जना भेडा बाख्रा झै गरेर बसेका हुन्छन। पहिले गएका साथीहरु जसो तसो काम अनि कलेज सेट भएर बसेका हुन्छन सबै आफ्नो काम अनि कलेजमा बिजी हुन्छन। नयाँ नयाँ गएको उसलाई त्यहाँको भाषा ठाउँ सिस्टम सभ्यता सबै नयाँ हुन्छ अनि पहिलो १-२ हप्ता त उ बाहिर निस्केर काम खोज्न सक्ने अवस्थामा पनि हुँदैन।

तर, जीवन त्यस्तो सोचे जस्तो कहां सजिलो छ र विदेशको। कुनै पनि देश जानु भन्दा अगाडि त्यहांको वस्तु स्थिति, हावा पानी, सामाजिक अनि सांस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ।
खाडी र अन्य देशमा श्रमको लागि प्रदेशीनेहरूको बाध्यताको कथा ब्यथा भने पृथक छ। तर, बिकशित ठूला देशहरूमा जानु कतिलाई रहर बनेको छ।  सँगै पढेको साथी अमेरीका, अष्ट्रेलिया, युरोप, जापान यस्तै–यस्तै बिकशित देश पुगिसक्यो। समुन्द्रको छेउमा, आकर्षक पार्कमा र ठूल–ठूला बिल्डिङ्ग र सपिङ्ग महलमा गएर विभिन्न स्टाइलमा फोटो खिचेर सामाजिक सञ्जालमा राखेको तस्बिरहरूले त झनै मन थाम्नै गाह्रो बनाउने गर्छ।  १८/२० बर्षको कलिलो उमेर, भर्खरै +२ सकेर बसेका अपरिपक्व उमेरका युवायुवतिहरु कुन देश जाने भन्दै सपनाको देशहरु छनोट सुरु गर्न थाल्छन। साथिभाईहरुकै लहैलहैमा बिना कुनै रिसर्च, बिना कुनै अध्ययन मेरो साथी यो देश गएको छ, मपनि तै जान्छु भन्दै आफ्नो आमाबाबालाई दिनहु पिरोल्न थाल्छन। आमाबाबाको मन नै हो, आफ्ना छोराछोरिको भविस्यको लागि भन्दै खाई नखाई भएपनी केहि खर्च गरेर ठूला र सम्पन्न देशहरूमा सन्तान पठाउन पाए त त्यहाँ पुगेर डलरका बिटा पठाउन शुरू गरिहाल्छन अनि आर्थिक अबस्था राम्रो भैहाल्छ नि भन्ने आशाको भकारिसङै आफ्ना छोराछोरिलाई एर्पोटबाट बिदाई गर्छन।
आमाबाबाको मन नै हो, आफ्ना छोराछोरिको भविस्यको लागि भन्दै खाई नखाई भएपनी केहि खर्च गरेर ठूला र सम्पन्न देशहरूमा सन्तान पठाउन पाए त त्यहाँ पुगेर डलरका बिटा पठाउन शुरू गरिहाल्छन अनि आर्थिक अबस्था राम्रो भैहाल्छ नि भन्ने आशाको भकारिसङै आफ्ना छोराछोरिलाई एर्पोटबाट बिदाई गर्छन।

धेरै जस्तो युवाहरु अरुको लहैलहैमा लागेर बकम्फुसे गफको पछि लागेर वास्तविकता के हो नबुझि बैदेशिक यात्रा तय गर्ने गर्छन। आफू भन्दा दिग्गज् जसलाई वास्तविकता थाहा छ ती साथीहरूबाट उचित परामर्श, सुझाव सल्लाह लिएर चालेको कदम नै उचित हुन्छ। आज हजारौं युवा, विद्यार्थी भिजामा बिदेशको यात्रा तय गर्दा आफ्नो कलेज वा विश्व विद्यालयबारे राम्रोसंग ज्ञान नभएको कारण धेरै दु:ख पाएका छन। भिजा लगाउनु वा बिदेश जानु ठूलो कुरा होइन। तर बिदेश पुगिसकेपछि आइपर्ने वाधा अड्चनको सामना कसरी गर्ने भन्ने कुराको मनसाय बनाउन नसक्दा दुख पाउने गर्छन। कलेजको चर्को फि तिर्ने कसरी, कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, वैधानिक रुपमा साताको कति घन्टा काम गर्न पाइन्छ, बस्ने ठाउं कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत विषयमा जानकारि नभएकै कारण हजारौं बिद्यार्थीहरु समस्यामा परेका गर्छन। यति मात्र नभएर आफूले पढ्न लागेको विषयको स्कोप के कति छ, भन्ने कुराको ज्ञान नहुदा आफ्ना बाआमाले ऋण् काडेर गरेको खर्च भोलि बालुवामा पानी जस्तो हुन पुग्छ।

ठूल-ठुला समुन्द्र, आकर्षक पार्क, ठूल–ठूला बिल्डिङ्ग र सपिङ्ग महलसङै जीबनशैली जति मनमोहक छ नि, तर यिनै मनमोहकतामा रमाउन सक्ने बाताबरण बनाउन त्यतिनै सँघर्ष र चुनौतीहरु पनि छन। कामको अस्थिरता, यूनिभर्सिटीको चर्को फि, असाईन्मेटको तनाव, थाकेको शरीर अनि मानसिक तनाव,  महङ्गो जीवनसैली, घरपरिवारको आश अनि अपेक्षा, महत्वकाँक्षी सपनाको झोलाले भरिएको काधको बोझ थेग्न नसकी अन्तत डिप्रेसनको शिकार भै, हजारौं कलिला युवा–युवतीहरु आत्महत्या जस्तो भयानक दुर्घटनाको शिकार बन्न परेको छ। तर, यसको मतलब बिदेशमा अबसर हुँदै नभएको चाँही पक्कै पनि भन्न खोजेको होईन। चुनौती सङै अवसरहरु पनि उतिक्कै छन।  हरेक कुराका दुई पाटा हुन्छन, ती दुई पाटालाई नै सुमधुर तरिकाले चलाउन सकियो भने जीवन अवस्य नै सफलताको पाईलातिर लम्कन्छ। तर विडम्बना अहिलेका सबै युवा जमातहरुमा यो कुराको ज्ञान छ या भएपनी नभएको जस्तो गर्छन त्यो चाहिँ बुझ्न गाह्रो परेको छ।
कामको अस्थिरता, यूनिभर्सिटीको चर्को फि, असाईन्मेटको तनाव, थाकेको शरीर अनि मानसिक तनाव,  महङ्गो जीवनसैली, घरपरिवारको आश अनि अपेक्षा, महत्वकाँक्षी सपनाको झोलाले भरिएको काधको बोझ थेग्न नसकी अन्तत डिप्रेसनको शिकार भै, हजारौं कलिला युवा–युवतीहरु आत्महत्या जस्तो भयानक दुर्घटनाको शिकार बन्न परेको छ।

स्वदेशमा बसेर तिमिले देखेको अनि सोचेको जस्तो सजिलो छैन् विदेश, तरपनी हजारौ सपना अनि रहरहरुलाई धितो राखेरै भएपनी युवाहरु वैदेशिक भुमिमा प्रवेश गर्छन। तर, बाआमालाई घुर्की लगाई लगाई बाइक र स्कुटीमा घुमे जस्तो सजिलो पनि छैन् विदेश। १८/१९ घन्टा काम गरेर कोठामा फर्किदा दिन कतिबेला अनि रात कतिबेला भन्ने थाहा नै हुदैन। साझी भात त कुरै छोडौ बासी भात पनि समय नमिलेर पुरै खान पाईदैन। काम नगरौ कोठा भाडा, कलेजको फि, अनि दैनिक खर्छ कसरी चलाउने, अनि काम गरौ त ज्यान सितिल भै सकेको हुन्छ। कति युवाहरु आफ्नो स्वास्थको कारणले काम गर्न नसकेको मैले देखेको छु । घरको परिस्थितिले या मायांमा फसेका साथीहरू होम सिकले फर्केको पनि यदाकदा सुनिने गर्छ। आफुले सोचेको जस्तो अनि आफ्नो लेभलको काम पाईएन भनेर मनमा कुरा खेलाउने गर्छन धेरै युवाहरु। आफूले सोचे जस्तो गर्न नसक्दा या भनौं साथीले यति कमाई सक्यो मैले केही गर्न सकिन भनेर प्रतिष्पर्धा गर्दा, ऋण काडेर आएको पैसा समयमा चुक्ता गर्न नसक्दा अनि परिवारको आश अनि अपेक्षालाई पूरा गर्न नसक्दा उदासीनता भएर डिप्रेसनको शिकार हुने गरेको यदाकदा सुनिने गर्छ। 
स्वदेशमा बसेर तिमिले देखेको अनि सोचेको जस्तो सजिलो छैन् विदेश, तरपनी हजारौ सपना अनि रहरहरुलाई धितो राखेरै भएपनी युवाहरु वैदेशिक भुमिमा प्रवेश गर्छन। 

राम्रो शिक्षाको बहाना बनाएर अन्य मुलुकका नागरिक आफ्नो देशमा ल्याउने विकसित मुलुकहरुको मुख्य उदस्य हो। अरुको देशका युवा जनशक्ती अनि विद्यार्थी ल्याउने, विभिन्न सेवासुविधा र प्रलोभन देखाएर उनिहरुको परिश्रम खाने अनि आफ्नो देशको अर्थतन्त्र बलियो बनाउने तिर लाग्छन। अन्य देशका युवाहरुलाई आफ्नो देश विकासमा प्रयोग गर्ने विकसित मुलुकहरुको रणनीति हुन्छ। आज विकसित भनिएका मुलुकहरु विकसित हुनुको कारण पनि यही हो। उनीहरु आफ्नालाई बाहिर जान दिदैनन्, अरुलाई ल्याएर आफ्नो मुलुक समृद्ध बनाउँछन्।

च्याउ झै उमृएका घरै पिचेका एझुकेशन कन्सल्टेन्सिहरुका कारणपनि धेरै विद्यार्थीहरु मर्कामा परेका हुन्छन। झुटा आसवासन अनि झुटा कुराहरु गरेर हजारौ युवाहरुको ध्यान नै परिवर्तन गरिदिने अनि लाखौ रुपैया असुल्ने तर अन्त्यमा विद्यार्थीको बिचल्ली बनाउने कन्सल्टेन्सिहरु धेरै छन। राज्यको कडा कानुन अनि शिक्षा छेत्रमा भएको कालोबजारिमा ध्यान नदिनाले हजारौं युवाहरु अल्पत्र हुन परेको छ। त्यसैले युवा विद्यार्थीहरुले आफुले आफ्नो सपनाको सन्सारमा रम्नु अघि धेरै कुराहरुमा ध्यान अनि अध्ययन गर्न यकदम जरुरी हुन्छ। 

लेखक: 
ईस्वर पहारी,
हाल बेलायतमा स्नातकोत्तर अध्ययनरत!